सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोल्डन एथलेटिक्समा तेज र निशा सर्वोत्कृष्ट 

सोमबार, २३ माघ २०७९खेलपाटी संवाददाता
गोल्डन एथलेटिक्समा तेज र निशा सर्वोत्कृष्ट 
Loading ad...
mustang rice ad

काठमाडौं । यस वर्षको गोल्डेन एथलेटिक्स मिटमा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

एथलेटिक्स परिवार नेपालद्धारा आयोजित प्रतियोगितामा कार्की र चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।  

सोमबार सम्पन्न प्रतियोगिताको ५ हजार मिटर पुरुष दौडमा एपीएफका सन्जीव नेपाली पहिलो भए । उनले निर्धारित दुरी १५ मिनेट ५३ दशमलव ०३ सेकेन्डमा पूरा गरे । पुलिसका सन्तोष नाथ योगी १५ मिनेट ५६ दशमलव ०६ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै प्रकाश सिंह १६ मिनेट ०२ सेकेन्डको समयको साथ तेस्रो भए ।

महिला ५ हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ पहिलो बनिन् । उनले निर्धारित दुरी १७ मिनेट ३७ सेकेन्डमा पार गरिन् । पुलिसकी राम माया बुढा १८ मिनेट ४४ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै रेखा विष्ट १८ मिनेट ४५ सेकेन्डको समय निकाल्दै तेस्रो बनिन् । 

पुरुष दुई समय मिटर दौडमा एपीएफका शिबराज पार्कीले २२ दशमलव ३७ सेकेन्डको समय निकाल्दै पहिलो बने । एपीएफकै निर प्रताप महतोले २२ दशमलव ८१ सेकेन्डको समयमा दोस्रो र काठमाडौंका अरुण महतो २३ दशमलव ०५ सेकेन्डको समय निकाल्दै तेस्रो बने । महिला स्पर्धामा दाङकी निशा चौधरी २५ दशमलव ७१ सेकेन्डको समय निकाल्दै पहिलो बनिन् । एपीएफकी रमिताकुमारी थारुले २६ दशमलव ७२ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकी लक्ष्मी साउदले २८ दशमलव ४६ सेकेन्डको समय निकाल्दै तेस्रो बनिन् । 

पुरुष ८ सय मिटर दौडमा पुलिसका तेजबहादुर कार्की १ मिनेट ५८ दशमलव ४ सेकेन्डको समय निकाल्दै पहिलो बने । पुलिसका नागेश्वर ऐर १ मिनेट ५८ दशमलव ९ सेकेन्डको समयमा दोस्रो र सुदूरपश्चिमका कुशल जैशी २ मिनेट ०३ दशमलव ९ सेकेन्डको समय निकाल्दै तेस्रो बने । महिला ८ सय मिटरमा एपीएफकी फुलमती राना २ मिनेट २३ दशमलव ५ सेकेन्डको समय निकाल्दै पहिलो, एपीएफकै आशा रावत २ मिनेट २९ दशमलव ३ सेकेन्डको समय निकाल्दै दोस्रो र सिमा चौधरी २ मिनेट ३२ दशमलव ४ सेकेन्डको समय निकाल्दै तेस्रो बनिन् ।

पुरुष ट्रिपल जम्पमा एपीएफका सलिम देवान १३ दशमलव ४८ सेन्टिमिटरको दुरी पार गर्दै पहिलो बने । एपीएफकै चन्द्रदेव जोशी १३ दशमलव ४५ सेन्टिमिटरको दुरी तय गर्दै दोस्रो र रामकुमार लामिछाने १३ दशमलव ३५ सेन्टिमिटरको दुरी तय गर्दै तेस्रो बने । महिला स्पर्धामा पुलिसकी सिमा चौधरी १० दशमलव २९ मिटरको दुरी पार गर्दै पहिलो बनिन् । एपीएफकी इनजीता राई ९ दशमलव ८६ सेकेन्डको दुरी पार गर्दै दोस्रो र पुलिसकी सुमित्रा कुमारी चौधरी ९ दशमलव ५४ मिटरको दुरी तय गर्दै तेस्रो बनिन् । 

ज्याभलिन थ्रो पुरुषमा एपीएफका रमेश पोखरेल पहिलो बने । उनले ५२ दशमलव ५५ सेन्टिमिटरको दुरीमा थ्रो गरे । एपीएफकै मनोज डन्गुरा दोस्रो र पुलिसका पुस्कल खड्का तेस्रो बने । महिला स्पर्धामा चन्द्रकला लाम्घादे ४२ दशमलव १३ सेन्टिमिटरको दुरीमा थ्रो गर्दै पहिलो बनिन् । एपीएफकी सिमा कुमारी थारु दोस्रो र बसन्ती चौधरी तेस्रो बनिन् । 
पुरुष सटपुटमा पुलिसका पुस्कल खड्का ११ दशमलव ७४ मिटर थ्रो गर्दै पहिलो बने । पुलिसकै रुपेश भण्डारी दोस्रो र एपीएफका मिलन चौधरी तेस्रो बने । महिला स्पर्धामा पुलिसकी चन्द्रकला लाम्घादे ११ दशमलव ९७ मिटर थ्रो गर्दै पहिलो बनिन् । पुलिसकै बसन्ती चौधरी दोस्रो र गोरखाकी मन्जु गुरुङ तेस्रो बनिन् । 

चार गुणा चार सय मिटर मिक्स रिलेमा एपीएफको टिम च्याम्पियन बन्यो । लुम्बिनी प्रदेशको टिम दोस्रो र नेपाल पुलिस क्लबको टिम तेस्रो बन्यो । 

प्रतियोगितामा विभागीय सहित ३ सय खेलाडीले सहभागीता जनाएका थिए । पदक विजेता खेलाडीलाई राखेप सदस्य सचिब टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए । नेपाल एथलेटिक्स संघ र राष्ट्रिय खेलकुद परिषद् राखेपको स्विकृतिमा सञ्चालित प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती सहित विभिन्न ब्यवसायीक संघ संस्थाले सहकार्य गरेको थियो ।

   
 

Loading ad...
LiNing Ad
#गोल्डन एथलेटिक्स

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य