काठमाडौं । अनिल गुरुङ नेपाली फुटबलको ठुलो नाम हो । करिब १६ बर्ष नेपाली फुटबलको सेवा गरेका उनी अहिले करियरको उत्तरार्धमा छन् ।
राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान समेत रहेका उनले सन्यासको घोषणा गरिसकेका छन् । नेपाली फुटबलका मैदानमा निकै मेहनत गर्ने खेलाडीको परिचय बनाएका उनी अहिले थ्री स्टार क्लबबाट ब्यवसायीक फुटबल खेलिरहेका छन् ।
अनिलले आफ्नो १६ बर्षको फुटबल जिवनलाई कसरी हेरेका छन् । अनि भविष्यमा अब के गर्छन् ? उनीसंग गरिएको कुराकानीको सम्पादित अंश ।

फुटबल पछि के गर्ने ?
धेरै बर्ष राष्ट्रिय टिममा रहेर सन्यास लिए । क्लबमा पनि सफलता हात पारे । अहिले थ्री स्टारबाट खेल्दैछु । लिग अगाडी करिब तीन महिना एउटापनि फुटबल गतिविधिमा सहभागि भईन । तर फुटबल भन्दा टाढा बस्न सक्दिन भन्ने महशुश भयो ।
घरेलु फुटबलमा नकआउट प्रतियोगिता भईरहेका थिए । तर क्लबबाट म खेल्न गईन । अब दुई, तीन बर्ष लिग खेल्छु भन्ने योजना बनाएको छु । लिग फुटबलपछि टाढा रहन सक्दिन । कोचिङ लाईसेन्स गरेर आफुले जानेका कुरा साना भाई बहिनीलाई सिकाउनेछु । एउटा एकेडेमी खोल्ने सोच बनाएको छु ।
प्रशिक्षक बन्ने सोच हो ?
प्रशिक्षक भन्नाले राष्ट्रिय टिम हेर्ने तरिकाको होईन, एकेडेमी चलाउने मात्र हो । हामी दुई चार जनाको टोली छ । एउटा मैदान लिएर एकेडेमी खोल्ने योजना छ । योजना सफल भए, जिवन फुटबलमा रहिरहन्छ ।
जिन्दगीलाई फर्केर हेर्दा ?
१६ बर्षको उमेरबाट ब्यवसायीक फुटबल खेल्न शुरु गरे । जिवनमा फुटबल बाहेक अरु केही जानिन । अब ३२ बर्षको उमेरपछि फुटबल बाहेक अन्य काम गर्दा शुन्यबाट सुरु गर्न पर्छ । एक कक्षा पढे जसरी सुरुवात हुन्छ । मैले जिवनमा फुटबल बाहेक अरु सोचिन, न कहिल्यै व्यवसाय गर्ने प्रयास गरे । कुनै कामको तयारी समेत गरिन । फुटबलमा केन्द्रित भए । अरु काम सुरु गर्दा अब शुन्यबाट गर्न पर्छ । तर मैले जानेको बुझेको सबै फुटबल हो ।

फुटबल करियरको मुल्याङ्कन ?
पढ्दै थिए । फुटबल खेल्ने इच्छा थियो । मेहेनत गरे । एक मनले फेरी ती दिन फर्किएर आओस भन्ने लाग्छ । तर त्यो फर्किदैन भन्ने थाहा छ । एक पछि अर्को गर्दै अगाडी बढे, कहिल्यै फर्केर हेर्न परेन । अब कसरी फुटबल जिवनलाई सन्तुलित बनाउने भन्नेमात्र चिन्ता छ । फुटलब करियर एकदमै राम्रो बन्यो । कुनै समय पैसा भन्दा खेल्न पाए हुन्थ्यो भन्ने मात्र थियो । त्यही कारणले जिवनमा सफल भए भन्ने लाग्छ ।
नयाँ पुस्ताका खेलाडी कस्ता ?
काठमाडौंको ब्रिगेड ब्वाईजबाट फुटबल खेल्दा एक म्याचको ५ सय लिन्थे । एक लिगको १२ म्याचको बोनस सहित नौ हजार पुग्थ्यो । त्यो पैसाले पनि सन्तुष्टि दिन्थ्यो । खेल्दै जादाँ नेपालको सर्वाधिक पारिश्रमिक पाउने खेलाडी समेत बने ।
अहिलेका खेलाडीले आफ्नो खेल प्रदर्शन भन्दा बढी पैसा पाइरहेको छ । प्रर्दशन कस्तो छ, थाहा छैन । धेरै डिमाण्ड गर्छन । धेरै पैसा पाउदाँ नयाँ खेलाडीको हाउ भाउ फरक भयो । खेलमा भन्दा बाहिरी जिवनमा धेरै हिड्न खोज्यो ।
जुन कुरा फुटबलले दिएको छ, त्यही चिजमा खेलाडीको ध्यान गएन । सिनियरलाई सम्मान छैन । स्टारडमको दम्भ राख्छन् । केही समय स्टार होलान तर पुरै जिवन राम्रो हुने देखिदैन ।
जुनियर भाईहरुलाई भन्न चाहन्छु, जुन कुराले यहाँ सम्म ल्यायो, त्यसलाई कहिल्यै नर्बिस । फुटबल खेलेर पैसा कमाईन्छ । कसैले धेरै कमाउला, कसैले थोरै । तर जुन कुराले सबै चिज दिएको छ, त्यही कुरालाई नर्बिस भन्ने हो ।

नेपाली फुटबल कता जादैछ ?
सुरुवात समयमा लिग खेल्ने बेलामा नेपाली फुटबल राम्रो थियो । फुटबल एकपछि अर्को खुट्किलो अगाडी बढेको थियो । धेरै फड्को मार्छ भन्ने वातावरण थियो । वरियतामा नेपाल १ सय ३२ स्थान सम्म आएको थियो । फुटबलको स्थान हामीले सुधार गरेका थियौ । फुटबल राम्रो हुँदै जाओस् भन्ने सोच हो । तर नेपाली फुटबल पछाडी धकेलिदैछ । किनकी फुटबलमा राजनीति धेरै छ ।
अहिले फुटबल खेलाउन, खेल्ने काम त जारी छ । तर नेपाली फुटबलले गति पाउन सकेको छैन । चार, पाँच बर्ष लिग रोकियो । त्यसको प्रभाव नेपाली फुटबलमा दिर्घकालिन रुपमा पर्नेछ । त्यही कारण धेरै खेलाडी बिदेश गए । नेपाली फुटबललाई राम्रो गर्न अझै धेरै समय लाग्छ । पहिला हामी दक्षिण एसियामै उत्कृष्ट हुन पर्छ । हामीले दक्षिण एसियामा अहिलेसम्म सर्वश्रेष्ठ नतिजा निकाल्न सकेका छैनौ ।
नेपाली फुटबलले दशरथ रंगशालालाई कत्तिको मिस गर्छ ?
त्रिपुरेश्वरको बाटो हिडे भने हरेक पटक मेरा आखाँ दशरथ रंगशालातिर दौडन्छ । भित्र काम भएको छ, छैन भन्नेमा ध्यान जान्छ । रंगशाला कहिले बन्ला भन्ने लाग्छ । दशरथ रंगशाला खेलेपछि खेलाडीले देशकालागि खेलेको आभाष पाउछ । समर्थकको साथ म अहिलेपनि मिस गर्छु । धेरै नयाँ खेलाडीले रंगशालामा खेल्न पाएको छैन । त्यो दुर्भाग्य हो । सायद राज्यले ध्यान दिएन ।

(खेलपाटीकर्मी दिपेश तिमल्सेना र हिम बिक्रम केसीसंग गरेको कुराकानीमा आधारित )
तस्वीर : आकाश खड्का