बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन क्रस कन्ट्री नेपालमा हुने पक्का

आइतबार, १५ माघ २०७९खेलपाटी संवाददाता
एसियन क्रस कन्ट्री नेपालमा हुने पक्का
Loading ad...
mustang rice ad

काठमाडौं । एसियन क्रस कन्ट्रीको १६ औं संस्करण नेपालमा आयोजना हुने पक्का भएको छ । थाईल्याण्डको बैंककमा भएको एसियन क्रस कन्ट्री च्याम्पियनसिप सम्बन्धि बैठकले १६ औं संस्करणको प्रतियोगिता पूर्व निर्धारित समयमा नेपालमा आयोजना गर्ने पक्का गरेको हो ।

बैठकमा सहभागी हुने नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव बिक्रम शाह र संघका मानार्थ सदस्य समेत रहेका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी थाईल्याण्डको बैंकक पुगेका थिए । बैंककमा नेपाली टिमले एसियन एथलेटिक्स एसोसियसनका अध्यक्ष डालन अल हामिद सहित प्राविधिक कमिटीसँग छलफल गरेको थियो । 

छलफलले १६ औं संस्करणको प्रतियोगिता पूर्व निर्धारित समय मार्च ९ अर्थात यही फागुन २५ गते काठमाडौंमा आयोजना गर्ने पक्का गरेको हो । एसियन एथलेटिक्स संघको नेतृत्व र प्राविधिक कमिटीसँगको छलफलपछि प्रतियोगिताको मिति टुङ्गो लागेको प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले खेलपाटीलाई बताए । 

‘नेपालमा एसियन क्रस कन्ट्री आयोजना गर्ने भनिएको थियो तर पक्का भएको थिएन । आयोजक देश नेपालले प्रतियोगिताको मिति स्विकृत नगर्दासम्म अन्यौलको अवस्था थियो । बैठकपछि प्रतियोगिता नेपालमा हुने पक्का भएको छ । सोही अनुसार एसियन एथलेटिक्स एसोसियसनले आफ्नो क्यालेन्डरमा समेत प्रतियोगिताको मितिलाई सार्वजनीक गरेको छ ।’ भण्डारीले भने ।

प्रतियोगितामा एसियाका ४५ देशका ४ सय बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ । नेपालले बिट गरेर ५ हजार डलरमा प्रतियोगिता आयोजनाको अधिकार लिएको थियो । तर अपेक्षित रुपमा प्रतियोगिताको तयारी अघि बढ्न सकेको थिएन । प्रतियोगिता आयोजनाका लागि स्रोतको सुनिश्चितता नहुँदा एसियन क्रस कन्ट्री आयोजना अन्यौलकै अवस्थामा थियो । 

प्रतियोगिता सञ्चालनका लागिग करिब तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजकले हिसाबले नेपालले एसियन एथलेटिक्स एसोसियसनबाट करिब २५ लाख रुपैयाँ पाउने निश्चित भएपनि अन्य स्रोतको जुट्न सकेको थिएन । एसियाली स्तरको ठुलो खेल स्पर्धामा बागमती प्रदेश सरकारले चासो देखाएपछि प्रतियोगिताको आयोजना सम्भव हुने देखिएको हो । काठमाडौंको गोकर्णमा हुने भनिएको यस प्रतियोगितालाई बागतमी प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले समेत प्रतियोगिताका लागि १० लाख रुपैयाँ बजेट छुट्याएको छ । 

नेपालमा दोस्रो पटक एसियन क्रस कन्ट्री आयोजना हुन लागेको हो । सन् २००२ मा पहिलो पटक नेपालमा एसियन क्रस कन्ट्री च्याम्पियनसिपको आयोजना भएको थियो । 
 

Loading ad...
LiNing Ad
# क्रस कन्ट्री

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो