साफ च्याम्पियनसिप असारमा गर्ने प्रस्ताव
शुक्रबार, माघ ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी असारमा हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले प्रतियोगिता असार ५ बाट १८ गतेसम्म गर्न प्रस्ताव गरेको छ ।
यद्दपी प्रस्तावित मितिमा छलफल चलिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले जानकारी गराए ।
'साफको प्रस्ताव हो । छलफलकै क्रममा रहेको छ । प्रस्तावित मितिमै हुने सम्भावना छ,' राईले भने ।
यस संस्करणको साफ च्याम्पियनसिपमा ७ राष्ट्रले सहभागिता जनाउदै छन् । अघिल्लो संस्करणमा भुटान र पाकिस्तानले सहभागिता जनाएको थिएन ।
माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।
नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।
साफ च्याम्पियनसिप असारमा गर्ने प्रस्ताव









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


