मछिन्द्रले फर्कायो 'ए' डिभिजन लिगको ट्रफी

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि ट्रफी फिर्ता गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार मछिन्द्रले उपाधि ट्रफी फिर्ता गरेको जनाएको छ ।
मछिन्द्रका सहायक व्यवस्थापक शिरिष श्रेष्ठले एन्फाका महासचिव किरण राईलाई उपाधि ट्रफी हस्तान्तरण गरे ।
नयाँ सिजनको लिग अघि मछिन्द्रले ट्रफी फिर्ता गरेको हो ।
नयाँ सिजनको शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
नयाँ सिजनको लिगको खेल तालिका आज शुक्रबार सार्वजनिक हुँदैछ ।
यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् । फेयर प्ले अवार्ड विजेताले पनि ३ लाख पाउने छन् ।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


