हसिम अमलाद्वारा क्रिकेटबाट सन्यास
बुधबार, ०४ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । दक्षिण अफ्रिका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमलाले क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
अमलाले बुधबार ३९ वर्षको उमेरमा सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
अमला दक्षिण अफ्रीकाका लागि टेस्टमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् ।
उनले १ सय २४ टेस्टमा ९ हजार २८२ रन बनाएका थिए ।
उनले २००४ देखि २०१९ सम्म दक्षिण अफ्रीकाका लागि खेल्दा सबैखाले फर्म्याटमा १८ हजार ६७२ रन बनाएका छन् ।
अमलाले दक्षिण अफ्रीकाका लागि १ सय ८१ एकदिवसीय अन्तराष्ट्रिय र ४४ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका थिए ।
हसिम अमलाद्वारा सन्यास
















-1766907006104.jpeg&w=3840&q=75)