काठमाडौं । लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो संस्करणको चन्द्रमा कप खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
चन्द्रमा युवा क्लब थाकनको आयोजनामा हुने प्रतियोगिता माघ १६ गतेबाट सुरु हुनेछ ।
थाकन खेल मैदानमा आयोजना हुने प्रतियोगितामा पुरुष र महिला दुबै टिमको प्रतिस्पर्धा हुनेछ ।
पुरुषको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पाउने छन् । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही २ हजार पाउने छन् ।
महिलाको विजेताले २० हजार र उपविजेताले १० हजार पाउने आयोजकले जनाएको छ । महिलातर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही १ हजार पाउने छन् ।