काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा स्ट्राइकर वुट वेघर्स्टले २७ नम्बरको जर्सी लगाउने भएका छन् ।
युनाईटेडले स्ट्राइकर वेघर्स्टलाई २७ नम्बरको जर्सी प्रदान गरिएको जनाएको छ ।
युनाईटेडले टर्किस क्लब बेसिकाट्सबाट स्ट्राइकर वेघर्स्टलाई जनवरी ट्रान्सफरमा लोनमा अनुबन्ध गरेको थियो ।
यस सिजनको अन्तिमसम्मका लागि युनाईटेडले नेदरल्यान्ड्सका स्ट्राइकरलाई अनुबन्ध गरेको हो ।
वेघर्स्टले टर्किस क्लबका लागि १६ खेलमा ८ गोल र ४ असिस्ट गरेका छन् ।
३० वर्षीय स्ट्राइकरले नेदरल्यान्ड्सका लागि १९ खेलमा ५ गोल गरेका छन् ।