काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले फरवार्ड मिखाइलो मुड्रिकलाई अनुबन्ध गरेको छ ।
चेल्सीले युक्रेनी फरवार्डलाई शाख्तर डोनेट्स्कबाट ८९ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
२२ वर्षीय फरवार्डले चेल्सीसँग साढे आठ वर्षको सम्झौता गरेका छन् ।
'चेल्सीमा अनुबन्धित हुन पाउँदा म खुसी छु,' सम्झौतापछि उनले भनेका छन् ।
यस सिजन उनले शाख्तरका लागि १२ लिग खेलमा ७ गोल गरेका थिए ।
उनलाई अनुबन्ध गर्न आर्सनलले समेत चाँसो राखेको थियो ।
उनले चेल्सीमा १२ नम्बरको जर्सी लगाउने छन् ।