पीएसजी पराजित
सोमबार, माघ २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
आइतबार राति भएको खेलमा पीएसजीलाई रेनसले १-० गोल अन्तरले हराएको हो ।
रेनसलाई जित दिलाउन हामरी ट्राओरेले निर्णायक गोल गरे ।
ट्राओरेले खेलको ६५ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै रेनसले १९ खेलमा ३७ अंक जोडेको छ ।
रेनस पाँचौं स्थानमा रहेको छ ।
पीएसजी ४७ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।
पीएसजी पराजित














