आर्सनललाई आठ अंकको अग्रता
सोमबार, माघ २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर आर्सनलले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले टोटेनहमलाई २-० गोल अन्तरले हराएको हो ।
खेलको १४ औं मिनेटमा गोलकिपर हुगो लोरिसले आत्मघाती गोल गरेपछि आर्सनलले सुरुआती अग्रता बनाएको थियो।
त्यसपछि खेलको ३६ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई २-० को जित दिलाए ।
जितसँगै आर्सनलले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ ।
आर्सनलले १८ खेलमा ४७ अंक जोडेको छ ।
दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३९ अंक रहेको छ ।
टोटेनहम ३३ अंक जोडेर पाँचौं स्थानमा स्थानमा रहेको छ ।
आर्सनललाई आठ अंकको अग्रता














