चेल्सीको जितमा हाभर्ट्जको गोल
आइतबार, माघ १, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साँघुरो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले हराएको हो ।
चेल्सीको जितमा काइ हाभर्ट्जले निर्णायक गोल गरे ।
हाभर्ट्जले ६५ औं मिनेटमा हाकिम जिएचको पासमा गोल गरेका हुन् ।
यस जितसँगै चेल्सीले १९ खेलमा २८ अंक जोडेको छ ।
चेल्सी १० औं स्थानमा रहेको छ ।
क्रिस्टल प्यालेस २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा न्युकासल युनाईटेडले फुलहमलाई १-० ले हराएको छ ।
चेल्सीको जितमा हाभर्ट्जको गोल














