एपीएफ सेमिफाइनलमा
आइतबार, माघ १, २०७९मनोज थापा (हिमालयन मनोज)

वालिङ । विभागीय टोली एपीएफ क्लब वालिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार भएको खेलमा केबीए ग्लोबल बीएफसी चितवनलाई २-१ ले हराएर एपीएफले अन्तिम चारमा पुगेको हो ।
एपीएफको जितमा मनिष खड्काले १३ औं र सबिन गुरुङले ५८ औं मिनेटमा गोल गरे ।
केबीएका रोशन छेत्रीले इन्जुरी समयमा एक गोल गरे ।
प्रतियोगिता अन्तर्गत सोमबार हुने तेस्रो क्वाटरफाइनलमा वालिङ एफसी ब्लु र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ।
वालिङ युनाईटेड फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख नगद प्राप्त गर्ने छन् ।
उपविजेताले २ लाख ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनले जनही ७ हजार पाउने छन् ।
एपीएफ सेमिफाइनलमा














