इन्टरको जित, मिलान रोकियो
आइतबार, ०१ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले भेरोनालाई १-० गोल अन्तरले हराएको हो ।
इन्टरको जितमा लाउटरो मार्टिनेजले निर्णायक गोल गरे ।
उनले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए ।
जितसँगै इन्टरले १८ खेलमा ३७ अंक जोडेको छ ।
इन्टर चौंथो स्थानमा रहेको छ ।
भेरोना ९ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
अर्को खेलमा एसी मिलानले लेचेसँग २-२ गोलको बराबरीमा रोकिएको छ ।
बराबरीसँगै मिलान ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
लेचे २० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
इन्टरको जितमिलान रोकियो












-1770628505169.jpg&w=3840&q=75)
