रेजिन खुमलटारममा अनुबन्धित
आइतबार, माघ १, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारले फरवार्ड रेजिन सुब्बालाई अनुबन्ध गरेको छ ।
खुमलटारले शनिबार सामाजिक संजालबाट फरवार्ड रेजिनलाई अनुबन्धित गरिएको जनाएको छ ।
रेजिनले अघिल्लो सिजन च्याम्पियन टोली मछिन्द्र फुटबल क्लबबाट 'ए' डिभिजन लिग खेलेका थिए ।
नयाँ सिजनको 'ए' डिभिजन लिग नजिकिदै गर्दा खुमलटारले रेजिनलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
पछिल्लो समय खुमलटारले खेलाडी अनुबन्धलाई तिब्रता दिएको छ ।
रेजिन खुमलटारममा अनुबन्धित














