हार्यो लिभरपुल
शनिबार, पुष ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ ।
शनिबार राति भएको खेलमा लिभरपुललाई ब्राइटनले ३-० गोल अन्तरले हराएको हो ।
ब्राइटनको जितमा सोली मार्चले दुई गोल गरे । ड्यानी वेल्बेकले एक गोल थपे ।
खेलको ४६ औं मिनेटमा मार्चले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए ।
५३ औं मिनेटमा मार्चले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राइटनलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा वेल्बेकले गोल गर्दै ब्राइटनलाई ३-० को जित दिलाए ।
जितसँगै ब्राइटनले १८ खेलमा ३० अंक जोडेको छ ।
ब्राइटन सातौं स्थानमा रहेको छ ।
लिभरपुल १८ खेलमा २८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै साउथह्याम्पटनले एभर्टनलाई २-१ ले पराजित गरेको छ ।
अर्को खेलमा नटिङघम फरेस्टले लेस्टर सिटीलाई २-० ले हराउँदा उल्भ्सले वेस्ट ह्यामलाई १-० ले हराएको छ ।
हार्यो लिभरपुल














