वालिङ रेड सेमिफाइनलमा
शनिबार, पुष ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । आयोजक वालिङ रेडले वालिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।
शनिबार भएको उद्घाटन खेलमा लिस्नु युथ क्लब रुपन्देहीलाई १-० ले हराएर वालिङ रेडले अन्तिम चारको यात्रा तय गरेको हो ।
वालिङ रेडको जितमा सकुल गुरुङले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरे ।
उनी खेलको म्यान अफ दि म्याच समेत चुनिए ।
वालिङ युनाईटेड फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख नगद प्राप्त गर्ने छन् ।
उपविजेताले २ लाख ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनले जनही ७ हजार पाउने छन् ।
वालिङ रेड सेमिफाइनलमा














