म्यानचेस्टर डर्बीमा युनाईटेडसँग सिटी स्तब्ध
शनिबार, पुष ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको म्यानचेस्टर डर्बी भिडन्तमा युनाईटेडले सिटीलाई हराएको छ ।
शनिबार राति भएको खेलमा युनाईटेडले सिटीलाई २-१ गोल अन्तरले हराएको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा सुरुआती एक गोलको अग्रता उल्टाएर युनाईटेडले जित निकालेको हो ।
खेलको ६० औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।
जितसँगै युनाईटेडले १८ खेलमा ३८ अंक जोडेको छ ।
युनाईटेड तेस्रो स्थानमा रहेको छ ।
सिटी ३९ अंक जोडेर दोस्रो स्थानमा कायम रहेको छ ।
म्यानचेस्टर डर्बीमा युनाईटेडसँग सिटी स्तब्ध














