प्रवेशले गरे मनाङसँगको सम्झौता नवीकरण
शनिबार, पुष ३०, २०७९खेलपाटी संवाददाता
काठमाडौं । डिफेन्डर प्रवेश कुँवर दनुवारले मनाङ मर्स्याङ्दी क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
मनाङले शनिबार डिफेन्डर प्रवेशले सम्झौता नवीकरण गरेको जनाएको छ ।
मनाङले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि प्रवेशको सम्झौता थप गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
प्रवेश गत सिजन मनाङ फर्किएका थिए ।
त्यसअघि उनले विभागीय टिम नेपाल पुलिस क्लबमा दुई वर्ष खेलेका थिए ।

प्रवेशले गरे मनाङसँगको सम्झौता नवीकरण














