काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले लिड्स युनाईटेडलाई २-१ गोल अन्तरले हराएको हो ।
एस्टन भिल्लाको जितमा लियोन बेली र ईमी बुएन्डियाले एक एक गोल गरे ।
लिड्सका प्याट्रिक बामफोर्डले एक गोल फर्काए ।
खेलको तेस्रो मिनेटमा बेलीले गोल गर्दै एस्टन भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए ।
६४ औं मिनेटमा ईमीले गोल गर्दा एस्टनको अग्रता २-० को बन्यो ।
त्यसपछि खेलको ८३ औं मिनेटमा लिड्सका बामफोर्डले गोल गरेपनि एस्टन २-१ ले विजयी भयो ।
यस जितसँगै एस्टनले १९ खेलमा २५ अंक जोडेको छ ।
एस्टन ११ औं स्थानमा रहेको छ ।
लिड्स १७ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।