काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले फराकिलो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा नापोलीले युभेन्ट्सलाई ५-१ गोल अन्तरले हराएको हो ।
खेलको १४ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
केभिचा कोभारास्केलियाले ३९ औं मिनेटमा गोल गर्दै नापोलीको अग्रता २-० को बनाए ।
एन्जल डी मारियाले ४२ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ५५ औं मिनेटमा अमिर रहमानीले गोल गर्दा नापोली ३-१ ले अघि रह्यो ।

६५ औं मिनेटमा भित्रले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीको अग्रता ४-१ को बनाए ।
त्यसपछि खेलको ७२ औं मिनेटमा इलिफ इल्मासले गोल गर्दै नापोलीलाई ५-१ को जित दिलाए ।
यस जितसँगै शीर्ष स्थानको नापोलीले १० अंकको अग्रता कायम गरेको छ ।
नापोलीले १८ खेलमा ४७ अंक जोडेको छ ।
दोस्रो स्थानको एसी मिलानको १७ खेलमा३७ अंक रहेको छ ।
युभेन्ट्स १८ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।