काठमाडौं । डिफेन्डर छिरिङ गुरुङले मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
मछिन्द्रले शुक्रबार सामाजिक सञ्जालमार्फत छिरिङसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि छिरिङको सम्झौता थप गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
मछिन्द्र पछिल्लो संस्करणको 'ए' डिभिजनको च्याम्पियन टोली हो ।
मछिन्द्रले लगातार दोस्रो पटक शीर्ष डिभिजनको लिग जित्दा छिरिङ टिममा थिए ।