काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
एन्फाको शुक्रबार बसेको आपतकालीन बैठकले मैत्रीपूर्ण खेलका लागि अखिल भारतीय फुटबल महासंघको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको छ ।
मैत्रीपूर्ण खेल आगामी फेब्रुअरी १३ देखि २५ भित्र आयोजना हुने बताईएको छ ।
मैत्रीपूर्ण खेल भारतमा आयोजना हुनेछ । कति खेल हुने एन्फाले केहि बताएको छैन ।