काठमाडौं । पोखरामा हुने बाह्रौं बगर भाइ खलक एट ए साइड अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता माघको पहिलो साता आयोजना हुने भएको छ ।
आयोजक बगर भाइ खलकले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने जानकारी गराएको छ ।
हिमालयन ब्रुअरी प्रा.लि प्रतियोगिताको मुख्य प्रायोजकमा जोडिएको छ ।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागत तर्फको उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सेमिफाइनल पुग्ने टिमलाई जनही २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिने महासचिव यामबहादुर गुरुङले बताएका छन् ।


