काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित बनेको छ । बिहीबार राति चेल्सी घरेलु टोली फुलहमको हातबाट २–१ ले पराजित बनेको हो ।
चेल्सी खराब नतिजामा डेब्यु खेलाडी जोआओ फेलिक्सले रातो कार्ड खाए । उनले ५८ औं मिनेटमा मैदान छाड्न परेको थियो ।
खेलको २५ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अघि बढाएका थिए । चेल्सीका कालिदौ कौलीबलीले खेल बराबरीमा ल्याएका थिए । अल्भेस मोरिस ७३ औं मिनेटमा घरेलु टोलीका लागि विजयी गोल गरे ।
फुलहम जित सहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पछिल्लो हारले चेल्सी प्रशिक्षक ग्राहम पोटरमाथि दबाब थपिएको छ । चेल्सीका पछिल्ला १० खेलमा मात्र दुई खेलमा नतिजा आएको छ ।
फिलिक्स गत बुधबारमात्र करिब १० मिलियन पाउण्डमा लोनमा चेल्सी आएका थिए । तर उनले डिफेन्डर केनी टिटीमाथि नराम्रो ट्याकल गर्न पुगे । यसले उनलाई तीन खेलसम्म निलम्बन गर्न सक्नेछ ।