काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन क्लब संकटाले मिडफिल्डर मनिष डाँगीलाई अनुबन्ध गरेको छ ।
संकटाले बिहीबार सामाजिक संजालबाट मनिसलाई अनुबन्ध गरिएको जनाएको छ ।
मनिषले अघिल्लो सिजन मछिन्द्र फुटबल क्लबबाट 'ए' डिभिजन लिग खेलेका थिए ।
नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग अघि संकटाले मनिषलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
यस अघि संकटाले राष्ट्रिय टिमका सुनिल बल, आयुष घलानसहित डिफेन्डर गौतम श्रेष्ठ, निशान खड्का, मिडफिल्डर सुरज जिउ ठकुरी र गोलकिपर टिकेन्द्र थापालाई अनुबन्ध गरेको थियो ।
