काठमाडौं । फ्रान्सको पेरिसमा २०२४ मा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपाल समूह 'सी' मा परेको छ ।
एएफसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह 'सी' मा परेको हो ।
नेपालको समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको छ ।
पहिलो चरणको छनोट खेलहरु आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछ ।
पहिलो चरणमा सहभागी २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ ।
हरेक समूहको शीर्ष टोलीले दोस्रो चरणको यात्रा तय गर्ने छन् ।
