काठमाडौं । एसी मिलान कोपा इटालिया फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।
बुधबार राति टोरिनोसँग अतिरिक्त समयमा १-० ले पराजित हुँदै मिलान प्रतियोगिताबाट बाहिरिएको हो ।
खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा एनदारी एडोपोले गोल गर्दै टोरिनोलाई जित दिलाए ।
यस्तै खेलको ७० औं मिनेटमा कोफीले रातो कार्ड पाएपछि टोरिनो १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै टोरिनोले अन्तिम आठमा स्थान बनाएको छ ।