काठमाडौं । रियल मड्रिडले स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाएको छ ।
बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै रियलले फाइनलमा स्थान बनाएको हो ।
खेलको ३९ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४६ औं मिनेटमा स्यामुएल लिनोले गोल गर्दै भ्यालेन्सियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा रियलका करिम बेन्जिमा, टोनी क्रुस,लुका मोड्रिच र मार्को एसेन्सियोले गोल गरे ।
भ्यालेन्सियाका एडिन्सन काभानी, मोरिबा र हुगो गुइलामोनले गोल गरे । उसका जोसे गाया र एरे कोमेर्टले पेनाल्टी गोल गर्न असफल भए ।
रियलले उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग खेल्नेछ ।