काठमाडौं । लमजुङ फुटसल च्याम्पियनसिप माघ २५ गतेबाट आयोजना हुने भएको छ ।
प्रतियोगितामा लमजुङ जिल्ला भरिका क्लबले सहभागिता जनाउन पाउने आयोजक लमजुङ फुटसलले जनाएको छ ।
लमजुङ फुटसलमा आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख पाउने छन् ।
यस्तै उपविजेताले ५० हजार पाउने आयोजकले जनाएको छ ।
उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले २ हजार ५ सय नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।