नापोलीको जित, मिलान रोकियो
सोमबार, पुष २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको नापोलीले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नापोलीले साम्पडोरियालाई २-० गोल अन्तरले हराएको हो ।
नापोलीलाई जित दिलाउन भिक्टर ओसिमहेन र इलिफ इल्मासले एक एक गोल गरे ।
साम्पडोरियाका टोमस रिन्कोनले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै नापोलीले १७ खेलमा ४४ अंक जोडेको छ ।
साम्पडोरिया ९ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
अर्को खेलमा एसी मिलानले रोमासँग २-२ गोलको बराबरी खेलेको छ ।
मिलानका लागि पिएरे कुलुलु र टोमासो पोबेगाले एक एक गोल गरे ।
रोमाका रोजर इबान्जे र टामी अब्राहीमले एक एक गोल गरे ।
मिलान ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
रोमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
नापोलीको जितमिलान रोकियो













