काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
शुक्रबार राति च्याटाउरोक्सलाई ३-१ गोल अन्तरले हराउँदै पीएसजीले अन्तिम १६ को यात्रा तय गरेको हो ।
पीएसजीले लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे बिना जित दर्ता गरेको हो ।
खेलको १३ औं मिनेटमा हुगो एकिटिकेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
३७ औं मिनेटमा नाटनिल एनटोलाले गोल गर्दै च्याटाउरोक्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ७८ औं मिनेटमा कार्लोस सोलेरले गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा जुवान बेर्नटले गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए ।
