काठमाडौं । म्यानचेस्टर युनाईटेडले एफए कप फुटबलको चौंथो चरणमा स्थान बनाएको छ ।
शुक्रबार राति एभर्टनलाई ३-१ गोल अन्तरले हराउँदै युनाईटेडले चौंथो चरणमा स्थान बनाएको हो ।
खेलको चौंथो मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
१४ औं मिनेटमा कोनर कोडीले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा ल्याए ।
कोडीले ५२ औं मिनेटमा आत्मघाती गोल गरेपछि युनाईटेडले २-१ को अग्रता बनायो ।
त्यसपछि खेलको इन्जुरी समयमा मार्कस राषफोर्डले पेनाल्टीबाट गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए ।
