बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

जनकपुर र लुम्बिनीले पहिलो क्वालिफायरमा खेल्ने

शुक्रबार, २२ पौष २०७९खेलपाटी संवाददाता
जनकपुर र लुम्बिनीले पहिलो क्वालिफायरमा खेल्ने
mustang rice ad

काठमाडौं ।  पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सले क्वालिफायरमा स्थान बनाएको छ । 

टियु मैदानमा भएको खेलमा लुम्बिनी अल स्टारलाई २३ रनले पराजित गरि जनकपुर क्वालिफायरमा प्रवेश गरेको छ । 

जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाउँदा १ सय ६० रनको लक्ष्य दिएको हो । 

१ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो । 

जनकपुरका खेलाडी मैदान आउन ढिला गरेपछि खेल १७ ओभरमा छोट्याईएको थियो । 

लुम्बिनीका लागि अनिल शाहले ३५ रन बनाउँदा लाहिरु मिलन्थाले ३२ रन बनाए । सुनिल धमला २७ रनमा आउट हुँदा गुलसन झाले अविजित १० रन बनाए । 

जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ३ तथा समिउल्लाह शिनवारीले २ विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन बनायो । 

जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा अविजित ४७ रन बनाउँदा शरफुदिन असरफले १८ बलमा ३४ रन बनाए। 

खडक बोहोरा २२ रनमा आउट हुँदा शमिउल्लाह शिनवारीले २० रन बनाए । जनकपुरले अन्तिम पाँच ओभरमा २ विकेट गुमाएर ७२ रन बनाएको थियो ।

लुम्बिनीका लागि सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान २/२ तथा प्याट ब्राउन र इशाान पाण्डेले समान १/१ विकेट लिए ।

हारका बाबजुत दश खेल खेलेर ८ जित तथा २ हार हात पारेको लुम्बिनी क्वालिफायरमा पुगिसकेको छ । 

१० खेलमा १६ अंक सहित लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

दश खेलमा सात जित र तीन हार हात पारेको जनकपुर आजको खेल जिते पश्चात दोस्रो स्थानमा यस लिगको लिग चरण सकाएको छ । १४ अंक सहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

अब लुम्बिनी र जनकपुरले आईतबार हुने पहिलो क्वालिफायर खेल्ने छन् ।

यही संस्करणको पहिलो भेटमा भने लुम्बिनीले जनकपुरलाई हराएको थियो ।

शुक्रबार नै हुने दोस्रो खेलमा विराटनगर सुपर किंग्स र फार वेस्ट युनाईटेडबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।

यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

LiNing Ad
१ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो ।

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

Bajaj Pulsar Motorcycle Ad
अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित