काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले शीर्ष स्थानको नापोलीलाई हराएको छ ।
बुधबार राति भएको खेलमा इन्टरले नापोलीलाई १-० गोल अन्तरले हराएको हो ।
इन्टरलाई जित दिलाउन इडेन जेकोले निर्णायक गोल गरे ।
इडेनले खेलको ५६ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै इन्टरले १६ खेलमा ३३ अंक जोडेको छ ।
इन्टर चौंथो स्थानमा रहेको छ ।
नापोली ४१ अंक जोडेर शीर्ष स्थानमा कायम रहेको छ ।
अर्को खेलमा युभेन्ट्सले क्रिमोनेसेलाई १-० ले नै हराएको छ ।
युभेन्ट्स ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै एसी मिलानले सालेरनिटिनालाई २-१ ले हराएको छ ।
मिलान ३६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।