नेपाल टी–ट्वान्टी लिगमा फिक्सिङको दाबी

काठमाडौं । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा फिक्सिङको दाबी गरिएको छ ।
प्रतियोगिताको कमेन्ट्री बक्समा देखिदै आएका कमेन्टेटर सचिन तिम्सिनाले सामाजिक सञ्जालमार्फत काठमाडौंमा जारी फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ हुने गरेको दाबी गरेका छन् ।
उनी नेपाल टी–ट्वान्टीमा सुरुवातदेखिनै आबद्ध छन् । घरेलु र अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सचिन कमेन्ट्री गर्दै आएका ब्यक्ति हुन् ।
‘धेरै यस्ता क्षण मैदानमा देखे, घटनाहरु देखे । विल्कुल आश्चार्यजनक देखे । अहिलेसम्म नेपाली क्रिकेटमा नदेखेको घटनाहरु देखे ।’ उनले कमेन्ट्री गर्दाको अनुभव बताउँदै भनेका छन्, ‘क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलपा मैदानमा देखे ।’
उनले कप्तानको छनोटदेखि खेलाडीको प्रर्दशनसम्म आशंका गर्ने धेरै ठाउँ रहेको उल्लेख गर्दै टिम म्यानेजरहरुको भुमिका समेत बदनियतपूर्ण देखिएको बताएका छन् ।
उनले घटनाबारे क्यान, एन्टिकरप्सन अफिसरदेखि विभिन्न निकायलाई बताएपनि कुनै पहल नभएको गुनासो गरेका छन् । ‘नेपाल टी ट्वान्टी लिग करप्सन र फिक्सरको हातमा गएको छ । यो नेपाली क्रिकेटलाई बिगार्ने महत्वपुर्ण कुरा हो ।’ उनले भनेका छन् ।
क्यान मुख्य आयोजक रहेको नेपाल टी–ट्वान्टी लिग सुरुवातदेखिनै विवादमा छ । बेटिङ कम्पनी सेभेन थ्री स्पोर्टसलाई कमर्सियल अधिकार दिएर क्यानले प्रतियोगिताको आयोजना गरेको हो ।
टिम मालिकलाई समेत गोप्य राखेर सञ्चालन गरिएको प्रतियोगितामा फिक्सिङको आशंका सुरुवातदेखिनै हुदै आएको थियो । प्रतियोगिताको मध्यान्तरमा आएर कमेन्टेटरलेनै यस विषयमा मुख खोलेका छन् ।
नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय स्तरमै बदनाम र प्रतिबन्ध गराउन सक्ने घटना बाहिर आएपछि खेलकुदको उच्च सरोकारवाला निकाय राखेप र खेलकुद मन्त्रालयले यसको सुक्ष्म अनुसन्धान गर्नुपर्ने देखिन्छ ।










-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)

