ब्रेन्टफोर्डसँग हार्यो लिभरपुल
मंगलबार, पुष १९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले लिभरपुललाई हराएको छ ।
मंगलबार राति भएको खेलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३-१ गोल अन्तरले हराएको हो ।
खेलको १९ औं मिनेटमा लिभरपुलका इब्राहिमा कोनाटेले आत्मघाती गोल गरेपछि ब्रेन्टफोर्डले सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४२ औं मिनेटमा योआने विसाले गोल गर्दै ब्रेन्टफोर्डको अग्रता दोब्बर बनाए ।
५० औं मिनेटमा एलेक्स चाम्बरलिनले गोल गर्दै लिभरपुललाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा ब्रायन एमबेउमोले गोल गर्दै ब्रेन्टफोर्डलाई ३-१ को जित दिलाए ।
जितसँगै ब्रेन्टफोर्ड सातौं स्थानमा उक्लिएको छ ।
ब्रेन्टफोर्डले १८ खेलमा २६ अंक जोडेको छ ।
लिभरपुल १७ खेलमा २८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
ब्रेन्टफोर्डसँग हार्यो लिभरपुल












-1763309767672.webp&w=3840&q=75)
