लोभ्रेन लियोनमा अनुबन्धित
सोमबार, पुष १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । क्रोएसियाका डिफेन्डर डेजन लोभ्रेन फ्रेन्च क्लब लियोनमा अनुबन्धित भएका छन् ।
लियोनले सोमबार डिफेन्डर डेजनलाई अनुबन्धित गरिएको जनाएको छ ।
३३ वर्षीय डिफेन्डरले लियोनसँग २०२५ सम्मको सम्झौता गरेका छन् ।
लियोनले रसियन क्लब एफसी जेनिटबाट डेजनलाई अनुबन्ध गरेको हो ।
लिभरपुल र साउथह्याम्पटनका पूर्व डिफेन्डर ९ वर्षपछि लियोन फर्किएका हुन् ।
यस अघि उनले २०१० देखि २०१३ सम्म लियोनबाट खेलेका थिए ।
त्यस समय उनले लियोनका लागि ७२ खेल खेलेका थिए ।
क्रोएसियाका लागि उनले ७८ खेलमा ५ गोल गरेका छन्।
लोभ्रेन लियोनमा अनुबन्धित












-1763309767672.webp&w=3840&q=75)
