आर्सनललाई ७ अंकको अग्रता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा आर्सनलले ब्राइटनलाई ४-२ गोल अन्तरले हराएको हो ।
रोमान्चक खेलको सातौं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
३९ औं मिनेटमा मार्टिन ओडेगागार्डले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ४७ औं मिनेटमा इड्डी एनकेटीहले गोल गर्दा आर्सनलको अग्रता तेब्बर बन्यो ।
खेलको ६५ औं मिनेटमा ब्राइटनका कोरु मिटोमाले गोल गरेपछि खेल ३-१ को स्थितिमा पुग्यो ।
७१ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई ४-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा ब्राइटनका इभान फेर्गुसनले गोल गरेपनि आर्सनल ४-२ ले विजयी भयो ।
यस जितसँगै आर्सनलले शीर्ष स्थानमा ७ अंकको अग्रता कायम गरेको छ ।
आर्सनलले १६ खेलमा ४३ अंक जोडेको छ ।
ब्राइटन २४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।












-1763309767672.webp&w=3840&q=75)
