सुआरेज ब्राजिलियन क्लबमा अनुबन्धित
शनिबार, पुष १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । उरुग्वेका फरवार्ड लुइस सुआरेज ब्राजिलियन क्लब ग्रिमियोमा अनुबन्धित भएका छन् ।
ग्रिमियोले शनिबार सुआरेजलाई अनुबन्ध गरिएको जनाएको छ ।
सुआरेजले ग्रिमियोसँग दुई वर्षको सम्झौता गरेका छन् ।
सुआरेजले हालै उरुग्वेको नासिनल डी फुटबल छाडेका थिए ।
जहाँ उनले १४ खेलमा ८ गोल गरेका थिए ।
नासिनल अघि ३५ वर्षीय सुआरेजले एट्लेटिको मड्रिडबाट खेलेका थिए ।
सुआरेज २०२० मा बार्सिलोनाबाट एट्लेटिको आएका थिए ।
एट्लेटिको अघि उनले क्याटलान क्लब बार्सिलोनामा ६ वर्ष बिताएका थिए ।
सुआरेज सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना आएका थिए ।
सुआरेज ब्राजिलियन क्लबमा अनुबन्धित












-1763309767672.webp&w=3840&q=75)
