भेराट्टीले गरे सम्झौता नवीकरण
बिहिबार, १४ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मिडफिल्डर मार्को भेराट्टीले सम्झौता नवीकरण गरेका छन् ।
पीएसजीले इटालियन मिडफिल्डर भेराट्टीले सम्झौता नवीकरण गरेको जनाएको छ ।
३० वर्षीय भेराट्टी सन् २०२६ सम्म पीएसजीमा रहने छन् ।
भेराट्टी २०१२ बाट पीएसजीमा रहेका छन् ।
पीएसजीका लागि उनले ३९८ खेलमा ११ गोल र ४८ असिस्ट गरेका छन् ।
भेराट्टी पीएसजीका लागि सर्वाधिक धेरै खेल खेल्ने दोस्रो खेलाडी हुन् ।
इटालीका लागि उनले ५१ खेलमा ३ गोल गरेका छन् ।
भेराट्टीले गरे सम्झौता नवीकरण










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


