काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले नेदरल्यान्ड्सका फरवार्ड कोडी गाक्पोलाई अनुबन्ध गरेको छ ।
लिभरपुलले युवा फरवार्डलाई डच क्लब पीएसभीबाट अनुबन्ध गरेको हो ।
२३ वर्षीय गाक्पोले लिभरपुलसँग साँढे पाँच वर्षको सम्झौता गरेका छन् ।
उनी जनवरी १ बाट लिभरपुलका खेलाडी हुने छन् ।
उनले लिभरपुलमा १८ नम्बरको जर्सी लगाउने छन् ।
गाक्पोले कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जसको कारण लिभरपुलले गाक्पोमाथि नजर लगाएका थिए ।
गाक्पोले विश्वकपमा ३ गोल गरेका थिए । नेदरल्यान्ड्स क्वाटरफाइनलसम्म पुगेको थियो ।
गाक्पोलाई अनुबन्ध गर्न युरोपका अन्य क्लबले समेत चाँसो देखाएको थियो ।
