काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा पीएसजीले स्टारबौर्गलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको १४ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५१ औं मिनेटमा मार्क्विन्होसले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको स्थितिमा लायो ।
खेलको ६२ औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटियो ।
नेयमारले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको हो ।

त्यसपछि खेलको इन्जुरी समयमा केलियन एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।
जितसँगै पीएसजीले १६ खेलमा ४४ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।
स्टारबौर्ग ११ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।