पीएम कप महिला क्रिकेट पुसको अन्तिम साताबाट
सोमबार, पुष ४, २०७९खेलपाटी संवाददाता
काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पुसको अन्तिम साताबाट सुरु हुने भएको छ ।
आयोजक नेपाल क्रिकेट संघ(क्यान)ले आज आफु अन्तर्गतका जिल्ला संघहरुलाई पत्र लेख्दै यसको जानकारी गराएको हो ।
संघले जानकारी दिए अनुसार प्रतियोगिता सुनसरीको इटहरीमा आयोजना हुनेछ ।
जानकारी अनुसार जिल्ला छनोट पुस १५ भित्र सकिसक्न अनुरोध गरिएको छ । पुस २५ भित्र प्रादेशिक छनोट सम्पन्न गरि पुस २९ मा मुख्य प्रतियोगिता रहेको छ ।
प्रधानमन्त्री कप महिला क्रिकेट टी-ट्वान्टी ढाँचामा खेलाईने छ ।
#PMCUP








-1762758084543.jpg&w=3840&q=75)

-1762856022963.jpg&w=3840&q=75)





