भारतविरुद्ध खेल्ने बंगलादेशको टोली घोषणा

काठमाडौं । घरेलु टोली बंगलादेशले भारतविरुद्धको दोस्रो टेस्टका लागि शाकिब अल हसनको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको छ ।
बंगलादेशले भारतविरुद्ध डिसेम्बर २२ देखि ढाकामा सुरु हुने दोस्रो टेस्टका टिमको घोषणा भएको हो ।
दोस्रो टेस्टका लागि घोषित टोलीमा बायाँ हाते स्पिनर नासुम अहमदलाई टोलीमा समावेश गरेको छ ।
ढाकामा हुने दोस्रो टेस्टमा कप्तान साकिब अल हसन बलिङका लागि फिट नरहने शंकाका कारण नासुमले टोलीमा स्थान बनाएका हुन् ।
पहिलो टेस्टमा १ सय ८८ रनले पराजित भएको घरेलु टोली दुई खेलको सिरिजमा १–० ले पछि परेको छ ।
दोस्रो टेस्ट डिसेम्बर २२ देखि ढाकामा हुनेछ ।
दोस्रो टेस्टका लागि बंगलादेशको टोली :
महमुदुल हसन जोय, नजमुल हुसेन शान्तो, मोमिनुल हक, यासिर अली, मुश्फिकुर रहिम, शाकिब अल हसन (कप्तान), लिन्टन दास, नुरुल हसन, मेहेदी हसन मिराज, तैजुल इस्लाम, तस्किन अहमद, खलिद अहमद, जाकिर हसन र रिजोर रहमान राजा









-1762758084543.jpg&w=3840&q=75)

-1762856022963.jpg&w=3840&q=75)





