काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका फरवार्ड सावित्रा भण्डारी, कप्तान एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता राना भारत प्रस्थान गरेका छन् ।
भारतको शीर्ष डिभिजनको महिला आई लिग खेल्न एन्जिला, सावित्रा र गीता भारत प्रस्थान गरेका छन् ।
एन्जिला र गीताले सेथु एफसीबाट महिला आई लिग खेल्ने छन् । सेथुले उनीहरुलाई एक वर्षका अनुबन्ध गरेको हो ।
सावित्राले भने गोकुलम केरेलाबाट खेल्ने छिन् ।
घरेलु महिला फुटबलको तालिका अनिश्चित बनेपछि महिला खेलाडी भारतीय लिग खेल्न विदेश प्रस्थान गरेका छन् ।