काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल फेडेरेसनले बिहीबार साफ यू-२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो।
ढाकामा आयोजना हुने च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ ।
प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । खेल फेब्रुअरी ३ मा हुनेछ ।
यस्तै नेपालले फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ ।
खेल तालिका -
