शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

संयोग, रुविन, बिनेश र नविताले एसियन च्याम्पियनसिप छनोट खेल्ने

शुक्रबार, २३ मंसिर २०७९खेलपाटी संवाददाता
संयोग, रुविन, बिनेश र नविताले एसियन च्याम्पियनसिप छनोट खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया र नविता श्रेष्ठले एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागीता जनाउने भएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को समूह शीर्ष स्थानमा रहँदै चार खेलाडी एसियन टेबल टेनिस च्याम्पियनसिप छनोटमा स्थान बनाएका हुन् ।

संयोग कपालीले लगातार दोस्रो जित निकाल्ने क्रममा माल्दिभ्सका मूसा मुन्सिफ अहमेदलाई ३–१ को सेटमा पराजित गर्न सफल भए । पहिलो खेलमा संयोगले बंगलादेशका मोहम्मद नाफिज इक्वाललाई सोझो सेटमा पराजित गरेका थिए । समूह ‘डी’ मा संयोक चार अंक सहित शीर्षस्थानमा रहे । 

रुविन महर्जनले आफ्नो दोस्रो खेलमा पाकिस्तानका मुहम्मद शाह खानलाई ३–१ को सेटमा पराजित गरे । समूह ‘सी’ को पहिलो खेलमा रुविनले श्रीलंकाका भुवनेका निर्मल बान्देरा जयासिंघीलाई सोझो सेटमा पराजित गरेका थिए ।

दुई खेलमा जित निकाल्दै समूह ‘एफ’ बाट बिनेश खनिया छनोट भएका छन् । शीर्षस्थानमा रहने क्रममा बिनेशले बंगलादेशका फहाद खवाजा र रामहिमलियनलाई पराजित गरेका थिए ।

आज नै भएको खेलमा शिव शुन्दर गोथेले बंगलादेशका रिवन खानलाई पराजित गर्दै छनोट हुने सम्भावना कायम राखेका छन् । समूह ‘ए’ मा शिवको दुई अंक छ । यसैगरी समूह ‘इ’ मा रहेका प्रदीप रोका श्रीलंकाका प्रसाद जयशंका डि सिल्भासँग पराजित भएपनि सम्भावना कायम राखेका छन् ।

महिलातर्फ शुक्रबार नै भएको समूह ‘एच’ को खेलमा नविताले बंगलादेशकी कोइ कोइ साइ मार्मालाई ३–१ को सेटमा पराजित गरिन् । लगातार दुई सेट ११–९, ११–६ ले जितेकी नविता तेस्रो सेट ४–११ ले गुमाएकी थिइन् । तेस्रो सटमा उत्कृष्ट पुनरागमन गर्दै नविताले सेट ११–७ ले जितेकी हुन् ।

प्रतियोगिताको महिलातर्फ नविता नेपालबाट एसियन च्याम्पियनसिपमा छनोट हुने एक्लो खेलाडी बनिन् । अब, एसियन च्याम्पियनसिप छनोटमा सफल भए नविताले विश्व च्याम्पियनसिपमा सहभागी हुन पाउनेछिन् ।

समूह ‘एच’ मा नविताले दुई खेलबाट चार अंक जोड्दै शीर्षस्थानमा रहिन् । यस अघि नविताले पहिलो खेलमा श्रीलंकाकी तमादी काभिध्यालाई सोझो सेटमा पराजित गरेकी थिइन् । सहज जित निकाल्ने क्रममा नविताले ११–३, ११–९ र ११–१० ले जित हासिल गरेकी हुन् ।

यसैगरी महिलातर्फकै खेलमा समूह ‘ए’ बाट भारतकी मनिका बट्रा, समूह ‘बी’ बाट भारतकी श्रीजा अकुला, समूह ‘सी’ बाट भारतकी रीथ रिस्या टेनिसन, समूह ‘डी’ बाट भारतकी अर्चना गिरिस कमाथ, समूह ‘इ’ बाट भारतकी दिया पाराङ चितल, समूह ‘एफ’ बाट भारतकी विमन्दी सन्दिन्सा  स्वा र समूह ‘एच’ बाट माल्दिभ्सकी फाथिमथ धिमा अलि छनोट भएकी छिन् ।

आठ खेलाडी छनोट भइसक्दा बाँकी आठ खेलाडीको छनोट हुन बाँकी छ ।  वरियता ९ देखि १६ सम्मको बाँकी छनोट खेल भोलि हुनेछन् । यस बरियतामा नेपालका खेलाडी स्थान बनाउन असफल भएसँगै एसियन च्याम्पियनसिप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ । नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठले १७ देखि २४ बरियतासम्म प्रतिस्पर्धा गर्ने छन् ।

एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट हुनेछन् । नेपालबाट भने पाँच–पाँच खेलाडी छनोटमा सहभागी भएका छन् ।  

Loading ad...
LiNing Ad
संयोगरुविनबिनेश र नविताले एसियन च्याम्पियनसिप छनोट खेल्ने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने

 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै