भारतका तीन खेलाडीले अन्तिम एकदिवसीय गुमाउने
बिहिबार, मंसिर २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारतका कप्तान लगायत तीन खेलाडीले बंगलादेशसँगको अन्तिम एकदिवसीय खेल गुमाउने भएका छन् ।
दोस्रो एकदिवसीयमा चोटका कारण बाहिर रहेका कुलदिप सेन तथा दोस्रो एकदिवसीयका क्रममा चोट बोकेका दीपक चहर समेत बाहिरिएका हुन् ।
दोस्रो एकदिवसीय खेलका क्रममा चोट बोकेका कप्तान शर्मा भारत फर्किसकेका र टेस्ट सिरिजका लागि फर्कने नफर्कने अन्योल रहेको भारतका मुख्य प्रशिक्षक राहुल द्रविडले बताए ।
बंगलादेशसँगको एकदिवसीय सिरिज भारतले एक खेल अगावै गुमाईसकेको छ । बंगलादेशविरुद्धको दुई खेलको सिरिज आगामी १४ डिसेम्बरबाट सुरु हुनेछ ।
#INDVSBANG








-1762758084543.jpg&w=3840&q=75)





