काठमाडौं । लमजुङको बेसीसहरमा ३० औं त्रिवेणी कप फुटबल प्रतियोगिता पुस १२ गतेबाट सुरु हुने भएको छ ।
आयोजक त्रिवेणी युवा क्लबले एक विज्ञप्ति निकाल्दै प्रतियोगिता पुस १२ गतेबाट सुरु हुने जनाएको छ ।
सहजी खेल मैदानमा आयोजना हुने प्रतियोगितामा यस पटक क्वाटरफाइनल चरणबाट ४ वटा 'ए' डिभिजन क्लबलाई स्थान दिईने क्लबले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।
सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन् ।
बुद्ध युवा क्लबले २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।